डोटीमा बहुलाहा कुकुरको आतंक : एकै दिनमा टोक्यो २१ जना बालबालिका

डोटीमा बहुलाहा कुकुरको आतंक : एकै दिनमा टोक्यो २१ जना बालबालिका


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ माघ २०८०
  • 4.4K
    Shares

काठमाडौं १४ माघ २०८० /

डोटीमा आतंक मच्चाउने एउटा बहुलाहा कुकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एकैदिन २१ जना बालबालिकाहरुलाई तोकेर आतंक मच्चाए पछि प्रहरीले उक्त बहुलाहा कुकुरलाई नियन्त्रणमा लिएको हो।

प्राप्त जानकारी अनुसार, आइतवार एकै दिनमा बहुलाहा कुकुरले सिलगढीका एक्काईस जना बालबालिकालाई टोकेको थियो। उक्त कुकुरलाई स्थानीय नागरिक, नेपाल प्रहरी, प्रदेश भेटेरीनरी अस्पतालका र दिपायल सिलगढी नगरपालिका पशु सेवा शाखाका कर्मचारी तथा नगर प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको स्थानीय डिलबहादुर महराले बताए।

प्रतिक्रिया