पोखरा, १४ माघ २०८० /
कास्कीको मादी गाउँपालिका ४ सिमलचौर तारकाङका दुई सय ५३ जना स्थानीय बासिन्दाले स्वास्थ्य लाभ लिएका छन्।
रोटरी क्लब अफ पोखरा मिडटाउन र इनरह्वील क्लब अफ पोखरा मिडटाउनद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा दुई सय ५३ जनाले स्वास्थ्यलाभ लिएका हुन ।
उक्त शिविरमा मादी गाउँपालिका, रोट्रयाक क्लब, हिमालयन आँखा अस्पताल, र परिवार नियोजनको सहकार्य रहेको थियोभने मेडिकल, सर्जिकल, अर्थो, ओ वि जी, सम्बन्धी सुबिधा समेत प्रदान गरिएको इनरह्वील क्लब अफ पोखरा मिडटाउनको एडिटर सृजना कार्कीले जानकारी दिइन ।