करीब तीन हप्तादेखि बेपत्ता स्याङ्जाका एक व्यक्ति मृत भेटिए

करीब तीन हप्तादेखि बेपत्ता स्याङ्जाका एक व्यक्ति मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ माघ २०८०
  • 8.2K
    Shares

कालीगण्डकी नदी

पोखरा, १३ माघ २०८० /

करीब तीन हप्तादेखि बेपत्ता रहेका स्याङ्जाका एक व्यक्ति मृत भेटिएका छन्। स्याङ्जाको चापाकोट नगरपालिका ९ का ३७ वर्षीय प्रकाश भण्डारी मृत अवस्थामा भेटिएका हुन् ।

उनी शुक्रबार रामपुर नगरपालिका ८ अमदाघाटस्थित कालीगण्डकी नदीको किनारमा मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ। भण्डारी पुस २२ गते बिहानदेखि बेपत्ता भएका थिए ।

प्रतिक्रिया