पोखरा, १२ माघ २०८० /
पोखराको एक खाजा घरमा जुवातास खेलिरहेका छ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ पोखराको राष्ट्रबैंक चोकस्थित समिता खाजा घरबाट ६ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा-७ राष्ट्रबैकचोक बस्ने वर्ष ४५ की खाजा घर सञ्चालक समिता आले, राष्ट्रबैक चोक बस्ने वर्ष ४५ को रमेश वारिक, पोखरा-७ मासवार बस्ने वर्ष ४७ को सागर थापा मगर, पोखरा महानगरपालिका वडा नं. १५ बस्ने वर्ष ३२ का नविन रिंजाली, पोखरा महानगरपालिका वडा नं ७ बस्ने वर्ष ५२ का शुक बहादुर मगर र गोर्खा सुलिकोट गाउँपालिका वडा नं. ७ घर भई जिल्ला कास्की पोखरा ७ बस्ने वर्ष ४२ का डिल बहादुर मगर रहेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट ४३ हजार छ सय ५५ रुपैयाँ नगद पनि बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई वडा प्रहरी कार्यालय बैदामकै हिरासतमा राखिएको छ ।
उनीहरु विरुद्ध जिल्ला अदालत कास्कीबाट कानूनवमोजिम जुवासम्वन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।