बागलुङमा घरमा आगो लगाएर भागेका प्रेम चार महिना पछि रुपन्देहीबाट पक्राउ

बागलुङमा घरमा आगो लगाएर भागेका प्रेम चार महिना पछि रुपन्देहीबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ माघ २०८०
  • 5.7K
    Shares

बगलाउन्मा घरमा आगो लगाएर भागेका प्रेम बिक

पोखरा, ११ माघ २०८० /

चार महिना अघि बागलुङको एक घरमा आगजनी गरेर भागेका एक व्यक्तिलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ। गएको असोज ११ गते बागलुङ जिल्लाको बडीगाड गाउँपालिका वडा नम्बर ७ स्थित रमेशराज पाण्डेको घरमा आगजनी गरेर भागेका बडीगाड ३ स्थित सिसापानी घर भै हाल बडीगाड ३ गहते बस्ने प्रेमबहादुर बिक ‘प्रतेल”लाई प्रहरीले पक्राउ गरेको हो।

घरमा आगजनि गरेपश्चात भागेका उनी रुपन्देही जिल्लाको ओम्सतिया ६ स्थित बेत्बलियामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। अभियुक्त बिकले पाण्डेको घर तथा तौवामा आगजनी गर्दा गरगहना तथा नगद लगायत अन्य सामाग्रीहरु समेत गरेर कुल साढे १९ हजार रुपियाँ बराबरको धनमाल क्षति भएको प्रहरीको दाबी छ।

अभियुक्त बिकलाई बागलुङ ल्याएर आपराधिक लाभ लिन नहुने शिर्षक अन्तरगत आगजनी सम्बन्धि कसुरमा मुद्दा चलाइएको प्रहरीले जान आएको छ।

प्रतिक्रिया