धनगढ़ीमा पाँच तले घरबाट हाम्फालेर व्यवसायीले गरे आत्महत्या (भिडियोसहित)

धनगढ़ीमा पाँच तले घरबाट हाम्फालेर व्यवसायीले गरे आत्महत्या (भिडियोसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १० माघ २०८०
  • 8.2K
    Shares

पोखरा, १० माघ २०८० /

यतिबेला धनगढीका एक व्यापारीले पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेको भिडियो सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार बिहान करिब ११ः२० बजे हाम्फालेर घाइते भएका अग्रवाललाई तत्काल नवजीवन अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

पारिवारिक विवादका कारण उनले हाम फालेको बुझिएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका अग्रवालका पत्नी र दुई छोरा छन् ।

प्रतिक्रिया