दुई हप्तादेखि काठमाण्डौबाट बेपत्ता धिताल गोरखास्थित त्रिशुली नदीमा मृत भेटिए

दुई हप्तादेखि काठमाण्डौबाट बेपत्ता धिताल गोरखास्थित त्रिशुली नदीमा मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ माघ २०८०
  • 8K
    Shares

त्रिशुलीमा बेपत्ता

पोखरा, ९ माघ २०८० /

दूइ हप्ता अघि काठमाण्डौको बालाजुबाट बेपत्ता एक व्यक्ति गोर्खाको त्रिशुली नदीमा मृत भेटिएका छन्। गएको पौष २७ गतेदेखी राजधानी काठमाण्डौको बालाजुबाट बेपत्ता बनेका गोरखाको सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट घर भई हाल काठमाडौं महानगरपालिका बालाजु बस्दै आएका ५४ वर्षीय प्रेमनारायण धिताल आज त्रिशुली नदीमा मृत भेटिएका हुन्।

उनको शब शहिद लखन गाउँपालिका–४ ताक्लुङको फेवाटार स्थित त्रिशुली नदी किनारमा तैरिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट गएको प्राविधिक सहितको टोलीले आवश्यक कानूनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागि राजधानीको टिचिङ अस्पताल पठाएको पनि सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

प्रहरीले घटनाका सम्वन्धमा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया