झापामा पिकनिक खाने दुई समूहबीच खुकुरी हानाहान : दुई जना घाइते

झापामा पिकनिक खाने दुई समूहबीच खुकुरी हानाहान : दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ माघ २०८०
  • 4.2K
    Shares

पोखरा, ९ माघ २०८० /

झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा दुई समूहबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।
वनभोज खान तथा रमाइलो गर्न गएका दुई समूहबीच खुकुरी हनाहान हुँदा दुई जना घाइते भएका हुन्।

बिर्तामोडबाट आएको वनभोज समूह र अर्को समूहका युवाहरुले मादक पदार्थ सेवन गरेर विवाद सिर्जना गर्दा सोमबार साँझ झडप भएको प्रहरीले जनाएको छ ।

विवादमा एउटा समूहले खुकुरी निकालेर प्रहार गर्दा बिर्तामोड-५ का उमेश चौधरी र दिपक लिम्बू घाइते भएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले बताए ।

चौधरीको बिएन्डसी र लिम्बूको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको डिएसपी कार्कीले बताए । उनीहरुको टाउकोमा चोट रहेको जनाइएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ ।

प्रहरीले खुकुरी प्रहार गर्ने समूहको खोजी गरिरहेको जनाएको छ । उनीहरुले प्रयोग गर्ने दुई थान मोटरसाइकल र खुकुरी बरामद गरेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

प्रतिक्रिया