देवघाटमा मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु

देवघाटमा मिनी ट्रक दुर्घटना : दुई जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ माघ २०८०
  • 3.7K
    Shares

मिनी ट्रक दुर्घटना

पोखरा, ८ माघ २०८० /

तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा आइतबार राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ नम्बरको मिनी ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खस्दा ट्रकमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा देवघाट गाउँपालिका–३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ट्रक चालक भने फरार रहेको खोजी कार्य भइरहेको उनले बताए ।

ट्रक दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा सोमबार बिहान २ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । फाइल तस्बिर

प्रतिक्रिया