गएराती दाङको तुलसीपुरमा आफ्नै श्रीमतीको रडले हानेर हत्या, गुहार दिन गएका दुई जना घाइते

गएराती दाङको तुलसीपुरमा आफ्नै श्रीमतीको रडले हानेर हत्या, गुहार दिन गएका दुई जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ माघ २०८०
  • 6.5K
    Shares

आफ्नै श्रीमतीको रडले हानेर हत्या

पोखरा, ७ माघ २०८० /

दाङको तुलसीपुरमा गएराती एक व्यक्तिले फलामको रड प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

तुलसीपुर उपमहागनरपालिका– ४ का ४३ बर्षीय पेण्डुवा चौधरीले घरायसी विवादका क्रममा ४२ वर्षीया पत्नी लक्ष्मी चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

मदिराले मातेको झोँकमा चौधरीले गएराति पत्नीलाई रडले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

उनले श्रीमतीको हत्यापछि आफ्नी श्रीमती हराएको भन्दै खोजी गरिदिन छिमेकीलाई गुहारे । तर सहयोगका लागि पुगेका दुई छिमेकीमाथि पनि पण्डुले रड प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

प्रतिक्रिया