पोखरा, ४ माघ २०८० /
बागलुङमा मेडिकल ब्यवसायी दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आएका प्रसाईँमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का प्रहार गरेका हुन् ।
कार्यक्रमका लागि प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनले जुत्ता पसल चलाउँदै आएका थिए ।
बागलुङमा कार्यक्रम गर्न आएका दुर्गा प्रसाईंमाथि कुटपिट गर्न लागेको अवस्थामा रामकान्त गौतमलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले बताए । उनले भने, ‘हातपात गर्न खोज्ने बागलुङ नगरपालिका, ७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ गरेका छौं ।’ कुटपिट गर्नुको कारण खुलेको छैन । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।