लागू औषध गाँजाका कारोबारी कुँवर पोखराबाट समातिए

लागू औषध गाँजाका कारोबारी कुँवर पोखराबाट समातिए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३ माघ २०८०
  • 34.1K
    Shares

गाँजासहित समातिएका पोखराका शिशिर कुँवर

पोखरा, ३ माघ २०८० /

अबैध लागू औषध गाँजाका एक जना कारोबारी पोखरामा समातिएका छन्। वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले अबैध लागू औषध गाँजा खरीदबिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा पोखरा १३ गौडामुख बस्ने वर्ष २३ को शिशिर कुवरलाई समातेको हो।

उनलाई प्रहरीले मंगलबार साँझ करीब आठ बजेको समयमा अबैध लागू औषध गाँजा छसय ६४ ग्राम सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। अभियुक्त कुँवरबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया