पोखरा, १ माघ २०८० /
बैंकिङ कसुरमा बागलुङबाट एक महिला पक्राउ परेकी छिन। बागलुङ जिल्लाको काठेखोला गाउपालिका वडा नम्बर ६ बस्ने ४८ वर्षीया मिना कुमारी कंडेललाई प्रहरीले बैंकिङ कसुरमा बागलुङबाट पक्राउ गरेको हो।
कंडेलबिरुद्ध उच्च अदालत पाटनको बाणिज्य इजलाशले २०७७ साल माघ १३ गते तीन दिन कैद सजायं र अथ लाख रुपियाँ जरिवाना गर्ने फैसला गरेको थियो। फैसला कार्यान्बयन गर्न पक्राउ परेकी कंडेललाई जिल्ला अदालत बागलुङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।