पोखरा, २९ पुष २०८०/
ज्यान मार्ने उद्देश्यले बञ्चरोको बिंडले हान्ने दुई जना युवा गोरखामा पक्राउ परेका छन्। गोरखाको सिरानचोक गाउपालिका वडा नं.६ महटार बस्ने बर्ष २५ को सुशिल परियार र गोरखा नगरपालिका वडा नं.२ कोखेआहाले बस्ने बर्ष २१ को पुर्ण बहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुबिरुद्ध प्रहरीले ज्यान मार्ने नियतले गोरखा नगरपालिका वडा नं.२ तल्लो कोखे स्थित बगैंचामा सोही ठाउँका २८ वर्षीय फिरोज मियालाई गएको पुष २५ गते साँझ साढे सात बजेको समयमा बञ्चरोको बिंडले टाउको समेतको भागमा हानेको आरोप लगाएको छ।
अभियुक्तहरु दुवै जना बिरुद्ध ज्यान मार्ने उद्योग कसूर शीर्षकमा गोरखा जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।