यस्तो छ आज दिनभरको मौसम

यस्तो छ आज दिनभरको मौसम


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ पुष २०८०
  • 2.6K
    Shares

मौसम, weather

पोखरा, २८ पुष २०८०/

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल सुदूरपश्चिम र कर्णालीप्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया: सफा रहेको छ।

तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले नियमित बुलेटिनमार्फत जानकारी दिएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

राति पनि गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया