पोखरा, २६ पुष २०८०/
क्रिकेटर सन्दिप लामिछानेले आफूमाथि लागेको आरोपबाट सफाई नपाएसम्म क्रिकेट नखेल्ने घोषणा गरेका छन्। अदालाताले आफूलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष जेल सजायं तोके पछि उनले नेपाल क्रिकेट संघ (क्यान) लाई पत्राचार गर्दै त्यस्तो घोषणा गरेका हुन्। उनले आफ्नो पत्रमा आफूले सफाई नपाए सम्म कुनै पनि स्तरको क्रिकेट नखेल्ने उल्लेख गरेका प्राप्त समाचारमा जनाइएको छ।
नेपाल क्रिकेट संघले जेल सजायं सम्बन्धि अदालतको फैसला आए पछि मात्र क्रिकेटर लामिछानेको बारे निर्णय लिने बताइरहेको छ । उनलाई अदालतले आठ वर्ष जेल तोकिसकेको अवस्थामा अब क्रिकेट संघले निर्णय लिने धेरैको विश्वास छ। तर नेपाल क्रिकेट संघको निर्णय आउनु अघि नै क्रिकेटर लामिछानेले आफुले सफाई नपाए सम्म क्रिकेट नखेल्ने घोषणा गरेर नेपाल क्रिकेट संघलाई सजिलो पारिदिएका छन्।
जिल्ला अदालतले उनलाई कैद सजायं तोकीसकेको अवस्थामा उनले उच्च अदालतमा ९० दिनभित्र पुनरावेदन दिन सक्छन । सन्दीपले जेलबाहिरै रहेर उक्त पुनरावेदनको मुद्दा लड्न सक्ने सुविधा कानूनतः प्राप्त छ ।
यो प्रक्रियामा केही महिना समय लाग्ने भएको हुँदा त्यतिञ्जेल सन्दीपलाई खेलाउने कि नखेलाउने भन्ने प्रश्न नेपाल क्रिकेट संघ सानु थियो । अदालतबाट कुनै मुद्दामा दोषि प्रमाणित भएको व्यक्तिलाई तत्काल खेल्नबाट रोक्ने नेपालमा कुनै कानूनी व्यवस्था छैन । यद्यपि, नैतिक विषय भएकाले सन्दीप आफैं अलग भएका हुन् ।
यसअघि सन्दीपविरुद्ध अभियोग लागेपछि उनलाई राष्ट्रिय टोलीबाट निलम्बन गरिएको थियो । धरौटीमा छुटेपछि उनी राष्ट्रिय टोलीमा उपलब्ध भएका थिए । उनलाई तत्काल नेपाली टोलीमा फर्काइएको थियो । त्यसयता उनले निरन्तर नेपालका लागि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । नेपालको एक दिवसीय स्टाटस जोगाउन र एसिया कपमा पुर्याउन सन्दीपको प्रमुख भूमिका रहेको थियो ।
काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको भोलीपल्टै सन्दीपले वीरगञ्जमा भइरहेको एक घरेलु प्रतियोगिताको फाइनलमा आफुलाई टिमबाट ‘अलग’ गरे । त्यसपछि उनी घरमै दिन बिताइरहेका छन् ।
क्यानले सन्दीपलाई गर्यो निलम्बन
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट गतिविधिबाट निलम्बन गरेको छ । अध्यक्ष चतुरबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर्याएको हुँदा निलम्बन गरिएको बताएका छन् ।
जिल्ला अदालत काठमाडौले सन्दीपलाई पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । हिजो गरिएको सजाय निर्धारणमा उनलाई ८ वर्ष कैदसहित ५ लाख जरिवाना र क्षतिपूर्तिको आदेश सुनाएको छ ।
हिजोको सजाय निर्धारण लगत्तै सन्दीपले क्यानलाई पत्राचार गरेर माथिल्लो अदालतबाट सफाइ नपाएसम्म क्रिकेटबाट अलग रहने स्वघोषणा गरेका थिए ।