पोखरा, २६ पुष २०८०/
भ्रस्टाचारी ठहरिएका पूर्व डिआईजी महेशविक्रम शाह महेश विक्रम शाहलाई तीन वर्ष कैद र साढे १६ लाखभन्दा बढी जरिवानाको फैसला भएको छ। विशेष अदालतले भ्रस्टाचारी पूर्व डिआईजी शाहलाई तीन वर्ष कैद र साढे १६ लाखभन्दा बढी जरिवानाको फैसला भएको गरेको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएकोमा सोही अनुसार जरिवाना र बिगो असुल गर्ने फैसला भएको हो ।
गत पुस ११ गते विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले शाहसहित २ जनालाई दोषी ठहर गरेको थियो । जसअनुसार बुधबार सजाय निर्धारण भएको हो ।
शाहमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र चितवन भरतपुर र मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली (सिन्धुली) मा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको थियो ।
पूर्व प्रहरी नायव महानिरीक्षक शाह अछामको साँफेबगर निवासी हुन् । उनको घर कैलाली र काठमाडौँको महाराजगञ्जमा समेत रहेको छ भने उनी ‘छापामारको छोरो’ कथासंग्रह पुस्तकका लेखक पनि हुन् । उनले यसका लागि वि.सं. २०६३ को मदन पुरस्कार पाएका थिए ।