अबैध भरुवा बन्दुकसहित पोखराबाट ६९ वर्षीय बृद्ध गर्बुजा पक्राउ

अबैध भरुवा बन्दुकसहित पोखराबाट ६९ वर्षीय बृद्ध गर्बुजा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २५ पुष २०८०
  • 7.1K
    Shares

पोखरा, २५ पुष २०८०/

अबैध हतियार भरुवा बन्दुकसहित पोखराबाट एक जना पक्राउ परेका छन्। पोखरा
महानगरपालिका वडा नं. ३ निलगिरी बस्ने ६९ वर्षीय यमबिर गर्बुजा पुन अबैध हतियार भरुवा बन्दुकसहित पोखराबाट पक्राउ परेका हुन्।

उनी सोमबार दिउँसो करीब पुने तीन बजेको समयमा उक्त हतियारसहित घरबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

उनीबिरुद्ध प्रहरीले कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार