आर्थिक सहायताको नाममा सरकारले एक महिनामै बाँड्यो ६० लाख

आर्थिक सहायताको नाममा सरकारले एक महिनामै बाँड्यो ६० लाख


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २२ फाल्गुन २०७३
  • 10.5K
    Shares

सरकारले कांग्रेस र मधेसी मोर्चाका सांसदलाई १५-१५ लाख आर्थिक सहायता प्रदान गरेको छ । योसँगै माघमा ९ जनालाई ६० लाख बाँडिएको छ । आर्थिक सहायता पाउनेमा तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव र कांग्रेस सांसद मनमोहन भट्टराई छन् । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले उनीहरुलाई १५/१५ लाख आर्थिक सहायता उपलब्ध गराएको हो ।

कांग्रेसका सांसद भट्टराई किड्नीको विरामी रहेकाले आर्थिक सहायता लिएको भट्टराईकी श्रीमती राधा भट्टराईले बताइन् । उनका अनुसार भट्टराईको किड्नीमा ट्युमर पलाएर क्यान्सर भएको थियो र, दिल्ली लगेर उपचार गरिएको छ ।

यस्तै राज्यकोषबाट १५ लाख आर्थिक सहायता लिने महेन्द्रराय यादव यसअघि पटक/पटक मन्त्री भएका व्यक्ति हुन् । उनको ललितपुर टिकाथलीमा घर छ ।

यस्तै सोही क्याबिनेटबाट रमेश शाहलाई साढे ८ लाख आर्थिक सहायता उपलब्ध गराइएको छ ।

राज्यकोषबाट आर्थिक सहायता लिनेमा विराटनगर-५ मोरङकी अल्पना अधिकारी छिन् । उनको श्रीमान तेजनाथ अधिकारीको मोटरसाइकलमा गुडिरहेको बेला भारतीय ट्रकले ठक्कर दिँदा विराटनगरमा मृत्यु भएको थियो । उनको परिवारलाई सरकारले ५ लाख आर्थिक सहायता उपलब्ध गराएको हो । सोही दुर्घटनामा घाइते भएकी जुनु ढकाललाई २ लाख १० हजार उपलब्ध गराउने निर्णय भएको छ ।

सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा अहेव दिनेशकुमार चौधरी र शाखा अधिकृत चोलानाथ रेग्मीलाई ५-५ लाख उपचार खर्च उपलब्ध गराउने निर्णय भएको छ ।

प्रतिक्रिया