पोखराको काहुँखोलामा घरबेटीलाई पेट्रोल छर्किएर हत्या गरेको घटनामा दोषी ठहर छेत्री पक्राउ, कास्की जिल्ला कारागार चलान

पोखराको काहुँखोलामा घरबेटीलाई पेट्रोल छर्किएर हत्या गरेको घटनामा दोषी ठहर छेत्री पक्राउ, कास्की जिल्ला कारागार चलान


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ पुष २०८०
  • 198.8K
    Shares

हत्या आरोपमा पक्राउ परेका मादीका कृष्णबहादुर छेत्री

पोखरा १९ पुष २०८०/

आत्मदाहको प्रयास गर्दा बचाउन पुगेको भनिएकी घरबेटीको मृत्यु भए पछि भागेका एक जना करीब ११ महिनापछि फेरी पक्राउ परेका छन्। पोखरा महानगरपालिका–१३ काहूँखोलास्थित ४० वर्षीया संगीता सापकोटाको घरमा भाडामा बस्दै आएका कास्कीको मादी गाउँपालिका वडा नं.६ निवासी वर्ष ४४ का कृष्ण बहादुर क्षेत्रीलाई प्रहरीले फेरी पक्राउ गरेको हो।

त्यति बेला आफ्नो घरको भाडामा बस्ने छेत्रीले बाथरुममा पेट्रोल छर्किएर जलिरहेको देखेपछि बचाउन गएकी संगीता सापकोटा समेत घाइते भएकी थिइन्। दुवै जनालाई घाइते अवस्थामा अस्पताल पुर्याइएकोमा घरबेटी संगीताको निधन भएको थियो भने छेत्री उपचार पछि घर फर्किएका थिए।

घरबेटी संगीता सापकोटाको मृत्यु भए पछि घरबेटी संगीता सापकोटालाई कृष्ण छेत्रीले पेट्रोल छर्किएर आगो लगाई हत्या गरेको आरोप लगाएर प्रहरीले मुद्दा चलाएको थियो। उक्त मुद्दामा जिल्ला अदालत कास्कीले गएको भदौ १८ गते क्षेत्रीलाई दोषी ठहर गर्दै ज्यान सम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाख ४ हजार रुपैयाँ जरिवना फैसला गरेको थियो ।

अदालतको फैसला संगै बेपत्ता रहेका छेत्रीलाई प्रहरीले फेरी पक्राउ गरेर फैसला कार्यान्बयानका लागि आज जिल्ला अदालत कास्कीमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। जिल्ला अदालत कास्कीले निज छेत्रीलाई फैसला बमोजिमको सजाँय भुक्तान गर्न कास्की जिल्ला कारागार पठाएको प्राप्त समाचारमा जनाइएको छ।

अदालतको नादेश बमोजिम छेत्रीले अझै ९ वर्ष ११ महिना १८ दिन कैद र १ लाख ४ हजार जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार