पोखरा १९ पुष २०८०/
दाङमा ट्रयाक्टर दुर्घटना हुँदा बिहेको लागि पात टिप्न गएका एकै गाउँका २८ जना महिला घाइते भएका छन्। जंगलबाट पात टिपेर फर्कदै गरेको लु २ त ५१६४ नम्बरको ट्र्याक्टर बुधबार साँझ करिब ५:१५ बजेतिर चिसापानी नजिकै दुर्घटनाग्रस्त हुँदा एकै गाउँका २८ जना महिला घाइते भएका हुन्।
उक्त दुर्घटनामा परेर घाइते हुनेहरु सबै गढवा गाउँपालिका–४ पर्साका रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
घाइतेहरुकाे लमही अस्पतालमा उपचार भइरहेकाेमा चार जनालाई भने काेहलपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नवीन वलीले बताए।
गाडी चालक गढवा गाउँपालिका–४ पर्सा बस्ने ३४ वर्षीय आशालाम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।