सामाजिक सञ्जालमा केटी बनेर कुरा गरेका तीन युवा रकम ठगीको आरोपमा पोखरामा पक्राउ

सामाजिक सञ्जालमा केटी बनेर कुरा गरेका तीन युवा रकम ठगीको आरोपमा पोखरामा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १८ पुष २०८०
  • 7.4K
    Shares

पोखरा १८ पुष २०८०/

सामाजिक सञ्जालमा केटी बनेर कुरा गरेर रकम ठगी गर्ने तीन जना युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा केटी बनेर कुरा गर्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २९ तालचोक बस्ने वर्ष २२ को अनुराग घिमिरे, चितवनको रत्ननगर नगरपालिका वडा नं.१३ टाँडी बस्ने वर्ष २० को प्रवेश रिमाल र सिरहाको लाहान नगरपालिका वडा नं. १ रमाद मटियवरा टोल बस्ने वर्ष २१ को यूनिक सिंहलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, उनीहरुबिरुद्ध प्रहरीले “सामाजिक सञ्जाल फेसबुकमा केटीको नामको फेसबुक आईडी बनाएर पुरुषरुलाई साथी बनाई भिडियो कल गर्ने र अश्लील भिडियोहरु देखाएर स्क्रिन रेकर्ड गरी उक्त भिडियोलाई सामाजिक सञ्जालमा पोष्ट गरिदिन्छु’ भन्दै धम्क्याउने गरेको आरोप लगाएको छ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा पक्राउ गरेर पोखरा ल्याई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर र विद्युतिय अपराध सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाईएको जिउल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार