चालू जिपबाट खसेर डोटीमा नेपाल प्रहरीका सहायक हवल्दार घाइते

चालू जिपबाट खसेर डोटीमा नेपाल प्रहरीका सहायक हवल्दार घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ पुष २०८०
  • 4.1K
    Shares

पोखरा, १५ पुष २०८०/

डोटीमा जीपबाट खसेर नेपाल प्रहरीका एक जना सहायक हवल्दार घाइते भएका छन्। घाइते हुनेमा डडेल्धुराको अजयमेरु गाउँपालिका२ रोल्लीका गम्भीर सिं साहु रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। उनी जिल्ला सदरमुकाम सिलगढीबाट १५ जना बोकेर पूर्वीचौकी साझघाट जाँदै गरेको से १ ज ७७३ नम्बरको जीप पूर्वीचौकी गाउँपालिकाको वडा नम्बर १ बुढाबाँज भन्ने स्थानमा पुग्दा उक्त जिपको पछाडिबाट सडकमा खसेको प्रहरीले जानकारी दिएको छ।

जीपमा अन्य १४ जना सवार सकुशल रहेका छन्। जीप चालक पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका उदय सिं नेगीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रीवास्तवले जानकारी दिए। चालकले मादक पदार्थ सेवन गरेर जीप चलाएको पाइएकाले घटनाबारे थप अनुसन्धान भइरहेको श्रीवास्तवले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार