रोल्पामा गएराती ट्याक्टर दुर्घटना : चालकको मृत्यु, अर्का एक घाइते

रोल्पामा गएराती ट्याक्टर दुर्घटना : चालकको मृत्यु, अर्का एक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १० पुष २०८०
  • 7.4K
    Shares

ट्याक्टर दुर्घटना

पोखरा, १० पुष २०८०/

रोल्पामा गएराती ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । सुनिलस्मृति गाँउपालिका वडा २ खुङ्गीदेखि लुङ्ग्री गाँउपालिका ४ सानो नम्जातर्फ खर लिएर जादै गरेको रा १ त ४९७० नं.को ट्याक्टर सुनिलस्मृती गाँउपालिका वडा न. ३ को बर्जिबाङ भन्ने स्थानमा साझ ८ बजे दुर्घटनाग्रस्त भएको हो।

उक्त ट्याक्टरना परेर सोही ट्याक्टरका चालक सुनिलस्मृती गाँउपालिका वडा न. ७ तेबाङका बर्ष २१ को तिलक बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रबक्ता राम नारायण गुप्ताले जानकारी दिए ।

दुर्घटना पछि गम्भिर घाइते ट्याक्टर चालक बिष्टलाई ईलाका प्रहरी चौलिचौरको प्रहरी निरिक्षक सन्तोष घिमिरे नेतृत्वका खटिएको टोलिले उद्धार गरि उपचारको लागी प्राथमिक स्वास्थ्य चौकि सुलिचौर लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

सोही ट्याक्टरका सवार अर्का लुंग्री गाँउपालिका वडा न. ४ सानो नम्जाका बर्ष ४२ का खरधनि लिलामणि बिष्टको गम्भिर घाइते भएको छन् । उनको प्राथमिक स्वास्थ्य चौकि सुलिचौर सामान्य उपचार पछि उनलाई थप उपचारको लागी जिल्ला बाहिर रिर्फर गरिएको समेत जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । तिब्र गतिका कारण अनियन्त्रित भएर ट्याक्टर सडक बाट करिब १ सय मितर तल खसेको समेत बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार