लागू औषध सेवन तथा कारोवार गरेको आरोपमा पोखराबाट दुई युवा पक्राउ

लागू औषध सेवन तथा कारोवार गरेको आरोपमा पोखराबाट दुई युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ पुष २०८०
  • 10.7K
    Shares

पोखरा, ९ पुष २०८०/

लागू औषध सेवन, ओसारपसार तथा बेचबिखन गरेको आरोपमा पोखराबाट दुई जना युवा पक्राउ परेका छन्। लागू औषध सेवन तथा कारोबार गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २६ सक्नेरी बस्ने बर्ष २९ का राजु भुजेल र तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.१ स्थायी घर भई हाल पोखरा ३२ लामेआहाल बस्ने बर्ष २६ का डेमन्स बहादुर गुरुङलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले पोखरा ३२ लामेआहालस्थित पृथ्बी राजमार्गमा शंकास्पद अवस्थामा हिडिरहेका गुरुङलाई चेकजांच गर्दा उनको साथबाट लागू औषध गाँजा दुई किलो ५०० ग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ। अभियुक्त गुरुङबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले बताएको छ ।

यता राजु भुजेललाई भने लागू औषध डाईजापाम १२ एम्पुल, फेनेरागन १२ एम्पुल र नुर्फिन १२ एम्पुल गरी जम्मा ३६ एम्पुल लागू औषधसहिउत पक्राउ गरिएको लाका प्रहरी कार्यालय शिसुवा, लेखनाथले जनाएको छ। अभियुक्त भुजेलबिरुद्ध पनि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। ।

प्रतिक्रिया
सम्बन्धित समाचार