पोखरा, ७ पुष २०८०/
टायर पड्किएर कार अनियन्त्रित भई चितवनमा एक जनाको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका वडा नम्वर १ लंकालाइनमा भरतपुरबाट खोलेसिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्वरको कारको टायर पड्किदा अनियन्त्रित भइ नालिमा पल्टिदा शुक्रबार एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते कार चालक काठमाडौं महानगरपालिका ५ का बिष्णु क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिए । शव परीक्षणका लागि भरतपुर अस्पतालको शबगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ ।