पोखरा ६ पुष २०८० /
पोखराको मुख्य बजार महेन्द्रपुलबाट मध्यरातमा घाँटीको सुन थुतेर भागेका एक रंगेहात समातिएका छन। महेन्द्रपुलबाट पोखरा २७ जरुवा बस्ने २९ वर्षीय हेमन्त पुनको घाँटीमा लगाई रहेको सुनको सिक्री थुतेर भागेका पोखरा ४ सिद्धार्थचोक बस्ने वर्ष २७ को सुमन परियार रंगेहात समातिएका हुन।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट महेन्द्रपुल स्थित प्रहरी बिटमा खटिएको प्रहरी टोलीले रंगेहात समातेका परियारको साथबाट पुनको घाँटीबाट थुतेर भागेको भनिएको सुनको सिक्री बरामद भएको प्रहरीले जानकारी दिएको छ।
अभियुक्त परियारबिरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।