लाइसेन्स बनाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा पर्वतका थापा काठमाण्डौमा पक्राउ

लाइसेन्स बनाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा पर्वतका थापा काठमाण्डौमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ५ पुष २०८०
  • 8.4K
    Shares

पोखरा, ५ पुष २०८०/

सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिञ्छु भन्दै रकम ठगी गरेको आरोपमा पर्वतका एक व्यक्ति काठमाण्डौमा पक्राउ परेका छन्। लाइसेन्स बनाइदिञ्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाण्डौबाट पर्वतको फलेवास नगरपालिका वडा नं. २ थापाठाना बस्ने बर्ष ५० को राजकुमार थापालाई पक्राउ गरेको हो।

अभियुक्त थापाले स’वारी चालक अनुमती पत्र बनाई दिन्छु’ भनेर पटक पटक रकम मागेको र रकम लिएपछि सम्पर्कबिहिन भएको भन्दै उजुरी परे पछि पक्राउ गरिएको प्रहरीको दाबी छ। अभियुक्त थापालाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौंमा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार