पोखरा, ५ पुष २०८०/
पोखराबाट झन्डै तीन ग्राम लागू औषधसहित पोखराबाट तीन जना युवा पक्राउ परेका छन्। पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित होटल डाँफेमुनालबाट गएराती ५ मिलिग्रामस अबैध लागू औषध ब्राउन सुगरसहित तीन जना युवा पक्राउ परेका हुन्।
उक्त होटलको कोठा नम्बर १०२ मा लागूऔषध कारोबार भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले झापाको धुलाबारी नगरपालिका–१० घर भएका ३० वर्षीय सबिन अलीसहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहर्फी कार्यालय कास्कीले जानकारी दिएको छ।
प्रहरीले अलिको साथै संखुवासभाको खाँतबारी नगरपालिका वडा नं.०१ बस्ने वर्ष १९ को सन्दीप अधिकारी र धादिङको रोराङ गाउँपालिका वडा नं.०२ बस्ने वर्ष २५ को सबिन घलेल समेतलाई पक्राउ गरेको प्राप्त समाचारमा जनाइएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।