पोखरा, ४ पुष २०८०/
धनगढी उप–महानगरपालिकाले मोटरसाइकल प्रयोग गरेर आपतकालिन दमकल सेवा शुरु गरेको छ। दमकल छिर्न नसक्ने साँघुरो सडक भएको स्थानमा आगलागी भएमा प्रयोग गर्न धनगढी उप–महानगरपालिकाले मोटरसाइकल प्रयोग गरेर आपतकालिन दमकल सेवा शुरु गरेको हो ।
धनगढीका मेयर गोपी हामलले दमकल नछिर्ने सानो बाटो भएको ठाउँमा आगलागी भएमा यिनै मोटरसाइकल प्रयोग गरेर बनाइएका आपतकालिन दमकल पुगेर आगो निभाउन सहायक हुने विश्वास ब्यक्त गरे। त्यसो त परिस्थिति हेरेर जुनसुकै स्थानमा दमकल पुग्नु भन्दा अगावै यिनै आपतकालिन दमकल घटनास्थलमा पुगेर पानीको पाइप बिछ्याउने लगायतका अति आबश्यक कामहरु आशा गरिएको छ।
धनगढी उप–महानगरपालिकाले अहिलेलाई उप–महानगरपालिकामा दुई वटा फायर बाईक राखेर जनताको सेवा गर्ने बताइएको छ।