पोखरा, ४ पुष २०८०/
पोखराको पर्यटकीय क्षेत्र लेकसाइड एरियामा पर्यटकहरुलाई दुख हैरानी दिएको भन्दै प्रहरीले पांच जना युवाहरुलाई पक्राउ गरेको छ। पर्यटकलाई हैरानी गरेको भन्दै पक्राउ परेका युवाहरुमा पोखरा १६ दिप वस्ने वर्ष २० का डिलन श्रीष मगर, माछापुछ्रे गाउपालिका ५ वस्ने वर्ष २० का सन्देश बि.क., पोखरा ६ ठाडोपसल वस्ने वर्ष ३० का सुरेश थापा, पोखरा ६ जरेवर वस्ने वर्ष २९ का महेन्द्र भण्डारी र गोरखाको भिमसेन गाउपालिका ८ वस्ने वर्ष ३२ का सुरेश थापा रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुले लेकसाइडको बिजी बी गल्लीमा सोमबार मध्यराती बिदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागी दवाव दिने, नमानेमा हैरानी दिएको प्रहरीको आरोप छ।
यसै गरी मंगलबार विहान सवा छ बजेतिर लेकसाइडको स्ट्रिट नं. ४ अगाडी सडकमा मादक पर्दार्थ सेवन गरी मर्निङ वाकमा हिडिरहेका महिलाहरुलाई अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको आरोपमा वाग्लुङ नगरपालिका वडा नं. १२ घर भई हाल पोखरा महानगरपालिका वडा नं. ६ वस्ने वर्ष २७ का डेविड भन्ने डिल्ली प्रसाद पौडेललाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदाम पोखराले जानकारी दिएको छ।
प्राप्त अर्को एक जानकारी अनुसार, बाग्लुङ काठेखोला गाउँपालिका वडा नं. ५ घर भई पोखरा ५ मालेपाटन बस्ने बर्ष २६ को बिक्रम थापा र स्याङ्जा गल्याङ नगरपालिका वडा नं.१ घर भई हाल पोखरा १४ काजिपोखरी बस्ने बर्ष ३१ को आशिष थापालाइ सोमबार राती करीब आठ बजे मादक पदार्थ सेवन गरी लेकसाइडमा होहल्ला गरेको तथा सोही दिनको साँझ पांच बजे पोखराको पृथ्वीचोकस्थित चाईनापुलबाट प पोखरा १४ वस्ने वर्ष ३२ का शिब बहादुर कार्की, पोखरा ०९ बस्ने बर्ष २७ को शंकर भुजेल समेतलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका सबैलाई अभद्र व्यवहार सम्वन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलोपटक सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।