काठमाडौंको ह्वाइट हाउस कलेजका अनुशासन बिभाग इन्चार्ज नै छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ

काठमाडौंको ह्वाइट हाउस कलेजका अनुशासन बिभाग इन्चार्ज नै छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ पुष २०८०
  • 5.2K
    Shares

काठमाडौंको तीनकुनेस्थित ह्वाइट हाउस कलेज

पोखरा, ३ पुष २०८० /

काठमाडौंको तीनकुनेस्थित ह्वाइट हाउस कलेजमा अनुशासन बिभाग इन्चार्ज छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । कलेजका अनुशासन बिभाग इन्चार्ज (डीआई) कृष्ण नेपाल छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।

नेपालबिरुद्ध परीक्षा चलिरहेका बेला चेकजाँचका नाममा छात्राहरूको संवेदनशील अंगमा हात हालेको र कपाल पनि लुछेको आरोप लगाइएको छ। डीआई कृष्ण नेपालविरुद्ध विद्यार्थीले उजुरी दिएपछि बानेश्वर वृत्तले पक्राउ गरेको हो।

उक्त कलेजमा अनुशासन बिभाग descipline इन्चार्ज (डीआई) को भूमिकामा रहेका ती कर्मचारीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले मंगलबार बानेश्वर वृत्त घेराउ गरेका थिए । उक्त घटनापछि विद्यार्थीहरूले मंगलबार बिहानैदेखि बानेश्वर वृत्तमा घेराउ गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार