पोखरा, ३ पुष २०८० /
आधा किलो अबैध लागू औषध गाँजासहित पोखराबाट दुई जना युवा पक्राउ परेका छन्। गोरखा स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष २७ को सागर गुरुङ र सोही ठाउँका २१ वर्षीय आशिष परियारलाई प्रहरीले अबैध लागू औषध गाँजा आधा किलो अर्थात पांच सय ग्रामसहित पक्राउ गरेको हो।
उनीहरुलाई सोमबार दिउँसो तीन बजे अस्थायी प्रहरी पोष्ट टुटुङ्गाबाट खटिएको प्रहरी टोलीले पोखरा १५ पटनेरीमा चेकजाँच साथबाट अबैध लागू औषध गाँजा भेटिए पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।