पोखरा, ३ पुष २०८० /
ओखलढुङ्गामा ७७ बर्षिया बृद्धाको लुटपाट पछि हत्या गरिएको छ। जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ३ प्राप्चाकी ७७ बर्षिया बाल कुमारी सुनुवारको लुटपाट पछि हत्या गरिएको हो ।
कानमा र शरिरका केही भागमा चोट देखिएको सुनुवार घरभित्र नै सुत्ने खाटमाथि डोरीले झुण्ड्याईएको अबस्थामा फेला परेकी तथा उनले गला र कानमा लगाएको सुनका गरगहना लुटिएका स्थानीय भूमरी लामाले जानकारी दिए ।
बुद्धा सुनुवारको विहिबार बेलुका तिर नै हत्या गरिएको आशंका गरिएको छ । सुनुवारको घरमा शुक्रबार विहानै दाउरा चिर्ने कामदार गएका थिए । तर घरको बाहिरबाट ताल्चा लगाएको देखेपछि कामदार दाउरा नचिरी फर्किएका थिए । शनिवार विहान जादा पनि घरमा ताल्चा लागिरहेको देखेपछि हल्लाखल्ला गर्दै सुनुवारको खोजी भएको थियो । शनिवार खोजी गर्नेक्रममा घरको ताल्चा फोडेर भित्र हेर्दा सुनुवार डोरीमा झुण्डिरहेको अबस्थामा फेला परेकी थिईन् ।
केहिदिन अगाडी मात्र घरमा खानेपानीको धारा जोड्नका लागि भनेर उनका नातीले विदेशबाट पैसा पठाएका थिए । पैसापनि पठाएको र घरमा सुनुवार एक्लै भएको बेलामा लुटपाट पश्चात हत्या गरेर आफै आत्महत्या गरेको भनेर देखाउन सुनुवार सुत्ने खाटमाथि झुण्ड्याईएको अबस्थामा फेला परेको लामाले बताए ।
घटनास्थलमा मृतक महिलाको शबको अबस्था र स्थानीयको जानकारी अनुसार घटना संकास्पद देखिएको र उनको लुटपाट पश्चात नै हत्या गरिएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले बताए। मृतक महिलाको शबलाई आईतबार जिल्ला अस्पताल रुम्जाटारमा पोष्टमार्टम पश्चात परिवारलाई बुझाईएको र घटनाको बारेमा अनुसान्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।