अस्पतालको ल्यापटप चोरेको आरोप लागेका सशस्त्र प्रहरीका असई भण्डारी धरौटीमा छुटे

अस्पतालको ल्यापटप चोरेको आरोप लागेका सशस्त्र प्रहरीका असई भण्डारी धरौटीमा छुटे


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २ पुष २०८०
  • 3.3K
    Shares

ल्यापटप चोरी आरोपमा पक्राउ परेका सशस्त्रका असई रमेश भण्डारी

पोखरा, २ पुष २०८०/

कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका असई रमेश भण्डारी धरौटीमा छुटेका छन्। धनगढी-३ निवासी भण्डारी अदालतको आदेश बमोजिम ५० हजार धरौटी राखेर तारेखमा छुटेका हुन्।

तात्कालिन अवस्थामा पोखरामा तालिमरत भै दार्चुलामा दरबन्दी रहेका उनलाई चोरीको उजुरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर कैलाली प्रहरीलाई बुझाएको थियो।

पक्राउ परेलगत्तै सशस्त्रबाट निलम्बनमा परेका उनी अब अदालतको फैसला नआउदासम्म उनको निलम्बन कायमै रहने र फैसलापछि थप कारबाही हुने बताइएको छ। अदालतले दोषी ठहर गरे उनको जागिर पनि जाने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार