पोखरा आउंदै गरेको बस तनहुँको कमलबारीमा दुर्घटना : १८ यात्रु घाइते (नामावली सहित)

पोखरा आउंदै गरेको बस तनहुँको कमलबारीमा दुर्घटना : १८ यात्रु घाइते (नामावली सहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १ पुष २०८०
  • 10.4K
    Shares

तनहुँको कमलबारीमा दुर्घटनाग्रस्त बस

पोखरा, १ पुष २०८० /

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा आइतबार दिउसो बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। मुग्लिङबाट पोखरा आउदै गरेको ग २ ख १४५९ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार १८ जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटे बस्ने बर्ष १० की असिमा साही, भानु नगरपालिका वडा नं ३ बस्ने चाम्बास बस्ने बर्ष २१ की सबिता सुनार, वर्ष १९ की सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ बस्ने बर्ष ३० को प्रदिप गोदार घाइते भएका छन् ।

त्यस्तै भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं। ९ हिलेखर्ख बर्ष ४० को सुरन राई, व्यास नगरपालिका वडा नं। २ बस्ने बर्ष ३४ की पिल्लिमाया थापा, बन्दीपुर गाउँपालिका वडा नं। १ बस्ने बर्ष ५२ की ज्ञानदेबी श्रेष्ठ, सोही ठाउँ बस्ने बर्ष २० की स्नेहा श्रेष्ठ, व्यास नगरपालिका वडा नं २ बस्ने बर्ष २१ को एन्जल भट्टराई, ऑबुखैरेनी गाउँपालिका वडा नं। ५ छिम्केश्वरी बस्ने बर्ष ४१ को पुर्ण बहादुर गुरुङ घाइते भएका छन् ।

यस्तै भानु नगरपालिका वडा नं।१ साझबोटे बस्ने बर्ष २६ की बबिता थापा, सोही ठाउँ बस्ने बर्ष ३० को नबिन थापा, बर्ष १२ की दुर्गा थापा, बर्ष ७ की नबिना थापा, व्यास नगरपालिका वडा नं २ डाङग्रे खोल्सी बस्ने बर्ष ४० की दिपा थापा, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं ९ हिलेखर्क बस्ने बर्ष ५० की सुमित्रा राई, ब्यास नगरपालिका वडा नं ११ मुलपानी बस्ने बर्ष ३६ की जुनु भट्टराई, वर्ष ८ की पुर्णिमा भट्टराई पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये दश जनाको दमौली अस्पतालमा र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसले टिप्परलाई ओभरट्याक गर्ने क्रममा बसको दाहिने टायर सडकबाट तल खस्न गई दुर्घटना भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खॉणले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार