बाराको निजगढमा दुई वटा मोटरसाइकल ठोक्कियो : एकको मृत्यु, अर्का गम्भीर घाइते

बाराको निजगढमा दुई वटा मोटरसाइकल ठोक्कियो : एकको मृत्यु, अर्का गम्भीर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २९ मंसिर २०८०
  • 6K
    Shares

दुई वटा मोटरसाइकल ठोक्कियो

पोखरा, २९ मङसीर २०८०/

बाराको निजगढमा आज दिउसो दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। बाराको सिंगौलदेखि निजगढ आउँदै गरेको प्र-३-०३-००१प १०९१ मोटरसाईकल र लालतर्फ जादै गरेको ना४९प १३८८ मोटरसाईकल आज दिउसो पौने दुई बजे एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका ना ४९ प १३८८ मोटरसाईकल चालक निजगढ १० देक्षेङ घिसिङको सामुदायिक अस्पतालमा उपचारको क्रमा मृत्यु भएको स्रोतले जनाएको छ। त्यस्तै सोही दुर्घटनामा परेर गम्भीर घाइते भएका प्र-३-०३-००१प १०९१ मोटरसाईकल चालक निजगढ ३ बस्ने वर्ष ३२ को सुनिल लामाको टाउकोमा चोट लागि सामुदायिक प्रसुती गृहमा सामान्य उपचार गरी थप उपचारको लागि विरगंज लगिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार