गोरखाको कालिज फर्ममा पसेर चितुवाले ८५ वटा कालिज मार्यो, मजदुर घाइते

गोरखाको कालिज फर्ममा पसेर चितुवाले ८५ वटा कालिज मार्यो, मजदुर घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २६ मंसिर २०८०
  • 4.1K
    Shares

चितुवाले मारेका कालिज

पोखरा २५ मङसीर २०८० /

गोरखामा एक जना किसानले ब्यबसायिक रुपमा संचालन गरेको कालिज फर्ममा चितुवाले आक्रमण गर्दा एक जना कामदार घाइते भएका छन् भने कम्तिमा ८५ वटा कालिजहरु मरेका छन्।

पालुङ्टार ९ लामगरास्थित गोरखा अर्गानिक एग्रो फर्ममा आइतबार राति चितुवा पसेर ८५ वटाभन्दा कालिजहरु मारिदिएको हो भने दानापानी दिन फर्मभित्र गएका कामदार सिरानचोक गाउँपालिका १ केराबारीका रविलाल बस्ताकोटी घाइते भएका छन्। बाघको आक्रमणबाट उनको हात र खुट्टा, आँखा भन्दा माथि भागमा चोट रहेको बताइएको छ।

मजदुर बस्ताकोटी बिहान दानापानी दिन जाने बेलामा कम्तिमा ८५ वटा कालिज मरेका र अन्य ४० भन्दा बढी कालिज घाइते अवस्थामा भेटिएका फर्मका संचालक जीवन ढकालले जानकारी दिए। उनले अघि भने, “राती कुन बेला चितुवा कालिज फर्मभित्र छिरेछ थाहै भएन । फर्मको साइटबाट क्याबिन जाली लगाएको थियो, माथिबाट नाइलन जाली लगाएको थियो’ उनले भने, ‘बिहान दानापानी गर्ने बेलामा यहाँ स्टाफहरु गएका रहेछन्, कालिजहरु लस्करै मरेको देखेछन् ।’

नाइलनको जाली फोडेर चितुवा भित्र पसेको उनले बताए । बिहान दाना खुवाउने बेलामा भित्र हेर्दा कहीँ पनि केही नदेखेको र बाहिर निस्कन लाग्दा फर्मभित्रको एउटा गोलो घरमा चितुवा देखेको उनले बताए । सोहि चितुवाले कामदार बस्ताकोटीमाथि आक्रमण गरेको बताइएको छ।

संचालक ढकालका अनुसार प्रतिभाले कालिजलाई दुई हजार र पोथी कालिजलाइ १७ सयमा बेच्दै आएका थिए । सबै हिसाब गर्दा करिब १२ लाख जति क्षति भएको हुनसक्ने उनले बताए । कालिज एक वर्षमा एक लट मात्र उत्पादन हुने र यो उनले कालिज पालन गरेको यो दोस्रो लट भएको बताए । उनले फर्ममा कालिजसँगै लोकल कुखुरा, बँदेल, बङ्गुर, पाडा, बाख्रा, खसी, बोइलर खुकुर पाल्दै आएको बताए ।

त्यस्तै, चितुवा भने जंगलमा नै छोडिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले बताए । वन कार्यालयकाबाट घटनाका मुचुल्का उठाइसकेको र नियमअनुसार क्षतिपूर्तिको व्यवस्था हुने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार