एक सातादेखि दुई वर्षको छोरी बोकेर कहाँ गइन्, बन्दिपुरकी बिष्णु आले ?

एक सातादेखि दुई वर्षको छोरी बोकेर कहाँ गइन्, बन्दिपुरकी बिष्णु आले ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २२ मंसिर २०८०
  • 5.8K
    Shares

दुई वर्षको छोरीसहित बेपत्ता तनहुँको बन्दीपुर निवासी बिष्णु आले

पोखरा, २२ मङसीर २०८० ।

तनहुँबाट एक सातादेखि दुई वर्षको छोरीसहित एक युवती बेपत्ता भएकी छिन। तनहुँको बन्दिपुर गाउँपालिका– ३ राम कोटकी १९ वर्षीया विष्णु आले दुई वर्षको छोरीसहित एक सातादेखि बेपत्ता भएकी हुन् ।

बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा होटेलमा भाडा माझ्ने काम गर्दै आएकी ती महिला मङ्सिर १५ गते काममा जान्छु भनेर घरबाट हिडेको र त्यसपछि सम्पर्कबिहिन भएको श्रीमान् इन्द्रबहादुर आलेले जानकारी दिए ।

उनी सोही दिन दिउँसोको १ बजे बन्दीपुर– १, नाहालाबाट बस चढेको र आफन्तजनहरूसँग सम्पर्क गर्दा पनि फेला पार्न नसिकिएको आलेले बताए।

डुम्रे स्थित प्रहरी चौकी र दमौली स्थित जिल्ला प्रहरी कार्यालय तनहुँमा दमौलीमा पनि निवेदन दिई सकिएको तर फेला नपरेको उनले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार