पोखरा, २१ मङसीर २०८० ।
गोरखामा रातो ब्ल्यांकेटले बेरेको अवस्था एक युवतीको शब भेटिएको छ। पालुङटार नगरपालिका वडा नम्बर ६ कुमालटारीस्थित गोरेटो बाटोको छेउमा बिहीबार रातो ब्ल्यांकेटले बेरेको अवस्था एक युवतीको शब भेटिएको हो ।
अन्दाजी २५ वर्षीया जस्तो देखिने उक्त शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ।
शवको सनाखत नभएकोले गोरखा प्रहरीले फेसबुकमा तस्बिर सार्वजनिक गरेको छ।