सल्यानमा धारिलो हतियार बन्चरो प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ उचाल्नेका ४५ वर्षका डम्मर सार्कीले श्रीमती अन्दाजी ४० वर्षकी सितली सार्कीको धारिलो हतियार ( बन्चरो ) प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बुधवार बिहान डम्मरले धारिलो हतियार प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रशाद धमलाले जानकारी दिए । उनलाई ढोरचौर बजार नजिकैबाट पक्राउ गरिएको सूचना अधिकारी धमलाले बताए । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।