आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा बागलुङबाट एक जना पक्राउ परेका छन्। बागलुङ नगरपालिका-१३ सल्यान बस्ने हरि सिंह नेपाली आफ्नै ५० वर्षीया श्रीमती सितली शाहीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन्।
ले घरायसी विवादपछि कुटपिट गर्दा गम्भीर घाइते भएकी श्रीमती सिलतीलाई तत्काल उपचारका लागि धौलागिरी अस्पताल बागलुङ पठाएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। अभियुक्त हरिलाई ईलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको प्राप्त जानकारीमा उल्लेख छ।