तनहुँमा शनिबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान र दुई छोरा घाइते भएका छन्। दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग १७ प ६५९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जादैँ गरेको बा.प्र.०१–००६ ख २८६१ नं. को ट्रकले ठक्कर दिँदा भिमाद नगरपालिका–९ थामडाँडा बस्ने २६ वर्षीया सुकमाया विकको मृत्यु भएको हो।
उक्त दुर्घटनामा घाइते भएकी उनको पचारका क्रममा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए। सोही दुर्घटनामा निजका श्रीमान् ३४ वर्षीय रामचन्द्र विक, छोराहरु तीन वर्षीय सुमन विक र छ वर्षीय गुरास विक घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा प्रहरीले जानकारी दिएको छ ।