पोखरामा गएराती भेटियो बृद्धाको बेवारिशे शब

पोखरामा गएराती भेटियो बृद्धाको बेवारिशे शब


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ मंसिर २०८०
  • 29K
    Shares

पोखरामा गएराती भेटिएको बृद्धाको बेवारिशे शब

गएराती पोखरामा पोखरामा एक जना महिला सडक छेउमा मृत भेटिएकी छिन। जिल्ला प्रहरी कार्यालय कास्कीभन्दा झन्डै तीन सय मिटरको दुरी रहेको पालेखेचोकमा अन्दाजी ६० वर्षीया बृद्धा मृत भेटिएकी हुन्। #help_post

बिहिबार राती करीब ११ बजेको समयमा अचेत वास्थामा भेटिएकी ती वृद्धालाई प्रहरीले उद्धार गरेर उपचारका लागि साविक पस्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा हालको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।

ती बृद्धा को हुन् भन्ने बारेमा पहिचान नखुलेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले पहिचानका लागि उनको फोटो प्रहरीले सार्वजनिक गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार