पोखरा । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको सक्रियतामा कास्की जिल्लाको मादी ७ छाचोकमा रहेको छाचोक आधारभुत स्वास्थ्य केन्द्रको लागि १५ शैया वेड सहित ५० लाख भन्दा वढिको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।
विहिबार एक कार्यक्रमका विच रिजनल ग्रान्ड अफिसर लौरा ब्राडलीले गाउँपालिका अध्यक्ष देविजंग गुरुङलाई हस्तान्तरण गर्दै ग्रामिण भेगका महिला दिदीबहिनीहरुको आँखामा देखेको खुशीले नै रोटरीले गरेको काम राम्रो भएको प्रमाणित गर्ने वताउँदै सहयोगी सबैमा धन्यवाद ज्ञापन गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष देविजंग गुरुङले रोटरी क्लबको सहयोगले सानो तिनो विरामी हुने वित्तिकै पोखरा जानु पर्ने वाध्यताको अन्त्य भएको वताउँदै स्वास्थ्य चौकी निर्माणका लागि जग्गा प्रदान गर्ने लगाएतका सबै प्रति आभार व्यक्त गरेका थिए ।
सो अवसरमा रोटरी क्लब अफ पोखरा अन्नपूर्णका संस्थापक अध्यक्ष देवराज चालिसे, एम. के. झा, कुमुद त्रिपाठी, पुर्व अध्यक्ष बाबुराम वराल, गाउँपालिकाका प्रशासकिय अधिकृत, नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष तथा वडा नं. ७ का पूर्व वडाअध्यक्ष लाल बहादुर गुरुङ, मादी वडा नं.४ का अध्यक्ष सापकोटालगाएतले वोलेका थिए ।
स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रम रोटरी क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष तोयबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम सरोज नारायण वरालले गरेका थिए भने स्वास्थ्य सेवा शुभारम्भ वडा नं. ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने संचालन स्वास्थ्य शाखा प्रमुखले गरेका थिए ।