गोरखाको कोलडाँडागाउँमा राती चलेको नाचगानमा खुकुरी हानाहान : एक जना घाइते, एक युवती पक्राउ

गोरखाको कोलडाँडागाउँमा राती चलेको नाचगानमा खुकुरी हानाहान : एक जना घाइते, एक युवती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ मंसिर २०८०
  • 63.6K
    Shares

खुकुरी हानेको आरोप लागेकी गोरखाकी बिमला चेपाङ

गाउँमा चलिरहेको नाचगानमा झडप हुँदा खुकुरी हानेको आरोपमा गोरखाबाट एक युवती पक्राउ परेकी छिन। गण्डकी गाउँपालिका–१ को मकैसिङ स्थित कोलडाँडामा गएको मंसिर ७ गते बिहीबार राती ११ बजे चलिरहेको नाचगानका क्रममा युवायवती बिच झगडा हुँदा खुखुरी हानाहान भएको प्रहरील जानकारी दिएको छ।

उक्त खुकुरी हानाहानमा स्थानीय २४ बर्षिय सागर गुरुङ घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए। खुकुरी प्रहारबाट गंभिर घाईते भएका गुरुङको चितवन मेडिकल कलेजमा टाउकाको अप्रेशन गरिएको छ । उनको अवस्था अहिले सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

यसैबीच उक्त खुकुरी हानाहानमा संलग्न रहेको आरोपमा गण्डकी गाउँपालिका–१ मकैसिङ, बुटार बस्ने २६ बर्षिया बिमला चेपाङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। खुकुरी हानाहानमा संलग्न रहेको आरोप लागेका चितवन जिल्ला ईच्छाकामना गाउँपालिका–३ फिस्लिङ घर भएका २५ बर्षिय युवक भने फरार रहेको प्राप्त जानकारीमा उल्लेख छ।

पक्राउ गरिएकी चेपाङ उपर प्रहरीले मंसिर ११ गते सोमबार ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार