नरभक्षी बाघ समात्न हिडेको प्राबिधिक टोलीले बाघले खाएको अर्को शब भेट्यो

नरभक्षी बाघ समात्न हिडेको प्राबिधिक टोलीले बाघले खाएको अर्को शब भेट्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ मंसिर २०८०
  • 4.3K
    Shares

नरभक्षी बाघ नियन्त्रण प्राबिधिक टोली

नरभक्षी बाघलाई समात्न चितवन राष्ट्रिय निकुञ्जभित्र छिरेको प्राबिधिक टोलीले बाघले खाएको अर्को शब फेला पारेको छ। सो प्राबिधिक टोलीले आइतबार फेला परेको उक्त शव चितवनको राप्ती नगरपालिका १ दुविचौरका १८ बर्षिय पुष्पराज तामाङको रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

उनको शव आइतबार मनहरी–६ जोगितालमा कम्मरमाथि बाघले खाएको अवस्थामा भेटिएको थियो । तामाङको शव परिवारले पुष्टि गरेर दाहसंस्कारको लागि लगिसकेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

सुचना अधिकारी तिवारीका अनुसार शुक्रबार दिउँसो दुवीचौरकै ४३ बर्षिय हरि पौडेललाई बाघले मारेको घटना हेर्न तामाङ बगरतिर गएका थिए । सो समयमा बाघले नियन्त्रण गरेको हुनसक्ने उनले बताए । उनका अनुसार पौडेल र तामाङलाई मार्ने बाघ एउटै हो ।

सो नरभक्षी पोथी बाघलाई आइतबार राती नै नियन्त्रणमा लिएर कसरामा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार