बझाङस्थित गोरखाली गाउँमा सञ्चालित गाँजा प्रशोधन केन्द्रमा प्रहरीले छापा मार्यो : ९१ किलो गाँजासहित तीन जना पक्राउ

बझाङस्थित गोरखाली गाउँमा सञ्चालित गाँजा प्रशोधन केन्द्रमा प्रहरीले छापा मार्यो : ९१ किलो गाँजासहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १२ मंसिर २०८०
  • 3.4K
    Shares

बझाङमा संचालित गाँजा प्रशोधन केन्द्रबाट पक्राउ परेका अभियुक्तहरु

बझाङमा संचालित लागू औषध गाँजा प्रशोधन केन्द्रमा प्रहरीले छापा मारेर ९१ जना किलू गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। बझाङको खप्तड छान्ना गाउँपालिका ७ गोर्खाली गाउँमा संचालित लागू औषध गाँजा प्रशोधन केन्द्रमा प्रहरीले छापा मारेर ९१ जना किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

गोर्खाली गाउँका स्थानीय खडकबहादुर खड्काको घरमा लागूऔषधको कारोबार भइरहेको सूचना पाएको प्रहरीले उक्त घरमा छापा मार्दा ९१ किलो गाँजा, गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थ र गाँजा बनाउन प्रयोग हुने भाँडाकुँडासहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उक्त घरबाट तयारी गाँजा १४ किलो २१० ग्राम, गाँजाको दाना र पातसहितको कच्चा पदार्थ ७७ किलो ३०५ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ६४ वर्षीय घरबेटी खड्कासहित गाँजा बनाउने काममा संलग्न गोरखा अजिरकोट गाउँपालिका २ खरिबोटका ३८ वर्षीय सन्तोष गुरुङ र पर्सा जिल्ला सुकौली पटौली गाउँपालिका ३ का ५५ वर्षीय राम गुरुङलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट गाँजा बनाउने काममा प्रयोग हुने प्लाष्टिकका बाटा ५ वटा, डिजिटल तराजु, कैंचीं, ब्लेड, कार्टुनटेप, रबरका पोका, गाँजा छान्न प्रयोग गरिने कपडा र प्याकिङ गर्न प्रयोग हुने प्लाष्टिक समेत बरामद भएको प्रहरीले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिले गाँजा बनाउने उद्योग नै चलाएर बाहिर पठाउनका लागि काम गरिरहेको बुझिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी भरत शाहले बताए । उनले एक जना स्थानीयले गुरुङद्वयलाई ल्याएको भन्ने सूचना प्राप्त भएको र उक्त व्यक्तिको पनि खोजी भइरहेको बताए । यो कारोबारमा संलग्न अरुको बारेमा अनुसन्धान पछि मात्रै भन्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार