ढिँडो पकाएको भदालोले हिर्काउंदा दैलेखमा श्रीमानको मृत्यु, श्रीमती पक्राउ

ढिँडो पकाएको भदालोले हिर्काउंदा दैलेखमा श्रीमानको मृत्यु, श्रीमती पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ११ मंसिर २०८०
  • 7.6K
    Shares

रिसको झोंकमा श्रीमतीले ढिँडो पकाएको भदालोले हिर्काउंदा दैलेखमा एक व्यक्तिको मृत्यु भएको छ। श्रीमान-श्रीमतीबीच आपसमा झगडा भए पछि नौमूले गाउँपालिका–४ कालिकामा श्रीमती सीता योगीले भात पकाउने भदालोले हिर्काउंदा उनका श्रीमान ३८ वर्षीय भीमबहादुर योगीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार, श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि भीमले पहिला श्रीमती सीतालाई कुटेका थिए। त्यस पछि रिसको झोंकमा श्रीमती सीता योगीले ढिँडो पकाएको भदालोले टाउकोमा ह्रिकाउँदा अत्याधिक रक्तश्राव भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए।

उनीहरुबिचको झगडाको कारण बारे अनुसन्धान भै रहेको र श्रीमानलाई ढिँडो पकाउने भड्डुले हिर्काउने श्रीमती सिता योगीलाई पक्राउ गरिएको डिएसपी लम्सालले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार