ज्वेलर्सको ताला काट्दा काट्दै मध्यराती पोखराबाट एक किशोर पक्राउ

ज्वेलर्सको ताला काट्दा काट्दै मध्यराती पोखराबाट एक किशोर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १० मंसिर २०८०
  • 10.2K
    Shares

thief , चोर

ज्वेलर्सको ताला काट्दा काट्दै मध्यराती पोखराबाट एक जना किशोर पक्राउ परेका छन्। पोखरा ९ न्युरोडस्थित आर.के. स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दा काट्दै गएराती १८ वर्षीय एक किशोर पक्राउ परेका हुन्।

पक्राउ परेका किशोर कास्कीको रुपा गाउपालिका वडा नं.६ निवासी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

ती किशोरलाई सटरको एउटा ताला काटिसकेको र अर्को ताला काटिरहेको अवस्थामा चिप्लेढुंगास्थित सीआरभी प्रहरी टोली र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले ती किशोरबिरुद्ध चोरी उद्योग मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाएको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार